सोमबार, मंसिर ८,२०८२ 11:15:09
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 11:15:09
IME remit
Global IME Bank Limited

विश्वको शीर्ष १५ धनाढ्यको सूचीबाट बाहिरिए अम्बानी र अडाणी

Hyundai Nepal
विश्वको शीर्ष १५ धनाढ्यको सूचीबाट बाहिरिए अम्बानी र अडाणी
Shivam Cement

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानी र गौतम अडाणी विश्वको शीर्ष १५ धनाढ्यको सूचीबाट बाहिरिएका छन् । विश्वको धनाढ्यको सूचीमा आएको ठूलो फेरबदलका कारण अम्बानी र अडाणी शीर्ष १५ को सूचीबाट बाहिरिएका हुन् ।  

विगत केही समयदेखि भारतीय सेयर बजारमा आएको गिरावटका कारण यी दुई धनाढ्यको सम्पत्तिमा व्यापक कमी आएको छ । बितेको एक महिनामा मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको सेयरमूल्य ५ प्रतिशतले घटिसकेको छ । पछिल्लो २४ घण्टाको अवधिमा मुकेश अम्बानीको सम्पत्ति २.७२ अर्ब डलरले घटेको छ । यो गिरावटसँगै अम्बानीको सम्पत्ति ९८.८ अर्ब डलरमा सीमित बनेको छ ।  

CG Motors
New Office
Garima Development Bank

हाल अम्बानी विश्वको १७ औं धनी व्यक्तिको रुपमा रहेका छन् ।  

यस्तै गौतम अडाणीको सम्पत्ति पनि २.०६ अर्ब डलरले घटेको छ । अडाणीको सम्पत्ति ९२.३ अर्ब डलरमा सीमित बनेको छ । उनी विश्वको १८ औं धनी व्यक्तिको रुपमा रहेका छन् ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

बिल गेट्सबाहेक विश्वका अन्य शीर्ष १० धनाढ्यको सम्पत्तिमा पनि गिरावट आएको छ । यसबीचमा एलन मस्कको सम्पत्ति ४.३९ अर्ब डलरले घटेर २५८ अर्ब डलर पुगेको छ । जेफ बेजोसको सम्पत्ति पनि १.९४ अर्ब डलरले घटेर २१८ अर्ब डलरमा सीमित बनेको छ । मार्क जुकरबर्गको सम्पत्ति पनि २.२३ अर्ब डलरले घट्दै १९९ अर्ब डलरमा झरेको छ ।  

बिल गेट्सको सम्पत्तिमा भने ३७३ मिलियन डलरको बढोत्तरी आएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.