काठमाण्डौ । पहिलोपल्ट नेपालका मनोविदले अन्तर्राष्ट्रिय बोर्डमा एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टको मान्यता प्राप्त गरेका छन् । विगत दुई दशक भन्दा लामो अवधि अटिजम भएका बालबालिका तथा मनोविज्ञानको क्षेत्रमा आवद्ध वरिष्ठ मनोविद भगवती भट्टराईले माघ २९ गते उक्त शीर्षक हासिल गरेकी हुन् ।
उच्चतम शिक्षा तथा लामो अवधिको अनुभव भएका विशेषज्ञहरूलाई अन्तर्राष्ट्रिय बोर्ड आइबीसीसीइएस ले उक्त शीर्षक प्रदान गर्छ । उक्त बोर्डले अमेरिकाका सरकारी अधिकारीहरू,विशेषज्ञहरू का साथसाथै संसारभरीवाटै मापदण्ड पूरा गर्न सक्ने विशेषज्ञहरूलाई प्रमाणित गर्दै आएको छ।
यस अघि नेपाललाई मापदण्डमा नराखिएको तथा सम्बोधन नगरेको अवस्थामा नेपाल एकेडेमी अफ साइकोलोजीको पहलमा उक्त बोर्डले नेपाललाई सम्बोधन तथा आफ्नो मापदण्डमा समेत सामेल गरेको थियो।