बुधबार, भाद्र ३,२०८३ 03:07:28
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:07:28
Bizshala
Global IME Bank Limited

महिन्द्रा र इन्डिगोबीच टकराब, ईभी कार ‘सिक्सई’को नामलाई लिएर अदालतमा मुद्दा दायर

महिन्द्रा र इन्डिगोबीच टकराब, ईभी कार ‘सिक्सई’को नामलाई लिएर अदालतमा मुद्दा दायर
New Office

काठमाण्डौ । भारतको प्रमुख अटो निर्माता कम्पनी महिन्द्रा एण्ड महिन्द्राले हालैमात्रै घरेलु बजारमा आफ्नो नयाँ ईभी यसयुभी‘महिन्द्रा बीई सिक्सई’ लञ्च गरेको थियो । विशेष लुक्स र डिजाइनका अलावा एयरक्राफ्ट शैलीको क्याबिनका कारण यो यसयुभीले धेरै नै चर्चा बटुलिरहेको छ ।  

तर यसैबीच कारको नाममा प्रयोग भएको ‘सिक्सई’ब्राण्डिङलाई लिएर यसतेबला भारतको प्रमुख हवाई कम्पनी इन्डिगो कम्पनीविरुद्ध उत्रिएको छ । ईन्डिगोले ब्राण्डिङको विषयलाई लिएर महिन्द्रा एण्ड महिन्द्राविरुद्ध अदालतको ढोका ढकढकाएको छ ।  

Bizshala
CG Motors

इन्डिगोले यस विषयमा दिल्लीको उच्च अदालतमा ट्रेडमार्क उल्लङ्घनको मुद्दा दायर गरेको छ । गत मंगलबार मुद्दा दायर भएकोमा यो विषयको सुनुवाई ९ सेप्टेम्बरका लागि स्थगित भएको थियो ।  

उता महिन्द्रा एण्ड महिन्द्राले स्टक एक्सचेञ्जलाई दिएको स्पष्टीकरणमा कम्पनीको ट्रेडमार्क ‘बीसिक्सई’ इन्डियोको स्ट्यान्डएओन ‘सिक्सई’ टे«डमार्कबाट मौलिक रुपमा भिन्न रहेको बताएको छ । हवाई सेवा भन्दा पनि ईभी गाडीका लागि यो ब्राण्डिङ प्रयोग भएकाले यस विषयमा कुनै भ्रम नभएको कम्पनीले दाबी गरेको छ ।  

इन्डिगोले सन् २०१५ मा नयाँ ‘सिक्सई’ ब्राण्ड सुरु गरेको थियो । जसअन्तर्गत कम्पनीको हवाई सेवाहरु सञ्चालन हुँदै आएको छ । समयसँगै यो कम्पनीको पहिचानको रुपमा स्थापित भईसकेको छ । कम्पीसँग विज्ञापन,परिवहन र यात्रु सेवासहित अन्य श्रेणीमा यो सिक्सई ब्राण्ड ट्रेडमार्क रजिष्टर्ड छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.