सोमबार, असार २,२०८२ 12:25:17
  • सोमबार, असार २,२०८२ 12:25:17
Global IME Bank Limited

एशियाली खरिदकर्ताका लागि साउदी अरबले घटायो तेलको मूल्य

Hyundai Nepal
एशियाली खरिदकर्ताका लागि साउदी अरबले घटायो तेलको मूल्य
Nabil Bank Limited

काठमाण्डौ । साउदी अरबले एशियाली खरिदकर्ताका लागि तेलको मूल्यमा अपेक्षा गरेभन्दा बढी कटौती गर्ने भएको छ । ब्लुमबर्ग रिपोर्टका अनुसार कमजोर बजार मागका कारण साउदी अरबले यस्तो निर्णय गरेको हो ।  

यस्तै, तेलको निर्यातकर्ता देशहरुको संगठन,‘ओपेक’ले उत्पादन वृद्धि गर्ने योजना पछि सारेसँगै साउदी अरबले मूल्य कटौतीको निर्णय गरेको जनाइएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै,सरकारी स्वामित्वको तेल उत्पादनक कम्पनी साउदी अरामकोले पनि उत्तर–पश्चिम युरोप र मेडिटेरिएन क्षेत्रका लागि मूल्य कटौती गरेको छ । यद्यपी कम्पनीले उत्तर अमेरिकाका लागि भने मूल्यमा कुनै पनि परिवर्तन गरेको छैन ।  

अरामको ले आगामी जनवरीदेखि आफ्नो मुख्य प्रडक्ट ‘द अरब लाइट क्रुड ग्रेड’लाई प्रतिब्यारेल प्रिमियम ९० सेन्टमा बिक्री गर्ने जनाएको छ । जुन यो महिना प्रतिब्यारेल १.७० डलर रहेको छ ।  

विशेषगरी चीनको मागमा देखिएको कमीका कारण लण्डनमा बेन्चमार्क तेलको मूल्य पहिलेदेखिनै न्यून स्तरमा रहेका बेला साउदी अरबको यस्तो निर्णय आएको हो ।  

अहिले ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७१ डलर आसपास रहेको छ ।      

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.