सोमबार, असार २,२०८२ 04:03:29
  • सोमबार, असार २,२०८२ 04:03:29
Global IME Bank Limited

द कोका–कोला फाउन्डेसनले गर्‍यो कालिटार सस्टेनेबल प्रोजेक्ट हस्तान्तरण

Hyundai Nepal
द कोका–कोला फाउन्डेसनले गर्‍यो कालिटार सस्टेनेबल प्रोजेक्ट हस्तान्तरण
Nabil Bank Limited

काठमाण्डौ । द कोका–कोला फाउन्डेसनले वाटरएड नेपाल, गोदावरी नगरपालिका र सिआइयुडीसँगको सहकार्यमा गोदावरी नगरपालिका वडा नम्बर ६ मा अवस्थित कालिटार सस्टेनेबल वाश प्रोजेक्ट सफलतापूर्वक हस्तान्तरण गरेकोे छ ।  

उक्त प्रोजेक्ट फागुन ३ गते वडा नम्बर ६ का अध्यक्ष विष्णुमान महर्जनको हातबाट औपचारिक हस्तान्तरण समारोह सम्पन्न भएको हो । उक्त हस्तान्तरण कार्यक्रममा पूर्व अर्थमन्त्री तथा ललितपुर १ का प्रतिनिधी सभा सासंद उदय शमशेर राणाले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस परियोजनाले समुदायमा सुरक्षित, पर्याप्त र सुलभ खानेपानी पुर्याउने र मानिसहरूको सरसफाइ व्यवहारमा पनि सुधार गर्ने लक्ष्य राखेको फाउण्डेसनले जनाएको छ ।

उक्त परियोजना मुख्य रूपमा तीनवटा प्रमुख उद्देश्यहरूमा कन्द्रित रहेको फाउण्डेसनले जनाएको छ । पहिलो, यस क्षेत्रमा २ वटा इन्टेक जडान गर्ने, २ वटा रिजरभ्वोएर ट्यांकीको अपग्रेड गर्ने, २७६६ मिटर प्रसारण लाइन बिछ्याउने, १४८ घरधुरी र तीनवटा मन्दिरमा पानीको मिटर जोड्न ३७०२ मिटर पाइप जडान गर्दै खानेपानी प्रणालीको बृहत् पुनःस्थापना गर्ने ।  

यस परियोजनाको दोस्रो उद्धेश्य भनेको उक्त समुदायको सरसफाइ अभ्यासहरूमा परिवर्तन ल्याउने हो । अन्तमा, तेस्रो उदेश्य भनेको प्रयोगकर्ताहरुको क्षमता वृद्धि गरी समुदायभित्र स्वच्छ व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने भएको फाउण्डेसनले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.