अटोसेक्टरमा बीवाईडीको जादू: ५ मिनेटमै गाडी चार्ज गर्न सकिने प्रविधिको कमालले व्यापार बढ्दा बजार पूँजीकरणमा उछाल
काठमाण्डौ । चिनियाँ इलेक्ट्रिक गाडी (EV) निर्माण कम्पनी BYD ले सन् २०२५ मा ४०% को जबरदस्त प्रगति गरेको छ। हाल यसको कुल बजार पूँजीकरण (Market Capitalisation) १६५.७ अर्ब डलर पुगेको छ, जुन भारतका शीर्ष पाँच अटोमोबाइल कम्पनीहरूको बजार पूँजीकरणभन्दा बढी हो।निवेशकहरूलाई BYD को नयाँ अल्ट्रा-फास्ट चार्जिङ प्रविधि निकै मन परेको छ। यस प्रविधिले EV गाडीलाई मात्र पाँच मिनेटमै चार्ज गर्न सक्छ। यही कारण...