आज बजारबाट ७० अर्ब झिक्दै राष्ट्र बैंक
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २० दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । आइतबार सार्वजनिक बिदा परेकाले राष्ट्र बैंकले आज...

