समृद्धि फाइनान्सको स्वतन्त्र सञ्चालकमा मिश्र नियुक्त
काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अजय कुमार मिश्र नियुक्त भएका छन् । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मिश्रलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

