ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड, १ लाख ४७ हजार ६ सय आवेदकले पाए १० कित्ता
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको हो । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो । उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलप्रथा विधिमार्फत बाँडफाँड भएको क्यापिटलले जनाएको छ...

