प्रभु बैंकको १.६० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन मिल्ने
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरु वा अन्य जोसुकै व्यक्ति वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।