घाटामा रहेको आरम्भ चौतारीको नाफा ४.३५ करोड, खराब कर्जा अनुपात ७०.९८% ले घटाउन सफल
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ४ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ६ करोड ५ लाख रुपैयाँ घाटामा थियो । यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने १.९९ प्रतिशतले घटेको छ । संस्थाले २७ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ३ करोड ७९...

