बुद्धभुमी नेपाल हाईड्रोको ३२.१६ लाख कित्ता सेयरको लक इन अवधि असोजमा समाप्त हुने
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आगामी असोजमा समाप्त हुने भएको छ । कम्पनीको ३२ लाख कित्ता बढी सेयरको लक इन अवधि असोज २१ गते समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।

