भारतको सेयर बजारले बनायो नयाँ रेकर्ड, लगानीकर्ताको सम्पत्ति भारु.६.४० लाख करोडले वृद्धि
काठमाण्डौ । भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आजको इन्ट्रा डे कारोबारमा भारतको सेयर बजार मापक इनडेक्स सेन्सेक्स र निफ्टी५० अल टाइम हाईको विन्दुमा पुगेका हुन् । इन्ट्रा डे कारोबारमा आज सेन्सेक्स इनडेक्स बढेर ८३ हजार ११६ को विन्दुमा पुगेको थियो भने निफ्टी५० पनि २५ हजार ४३३ विन्दुमा पुगेको थियो । यो विन्दु हालसम्मकै उच्च हो ।

