आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद माग
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ३ अर्ब ७५ करोड रुप्ौयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, कोहीनुर सेक्युरिटिज र ओपल सेक्युरिटिज रहेका छन् ।

