उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा गगन थापा अनुपस्थित !
काठमाण्डौ । सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको चर्को विरोध गरिरहेका सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझबाट सुरु भएको संयन्त्रको बैठकमा गगन थापा अनुपस्थित देखिएका हुन् ।

