चेम्बर अफ कमर्सद्वारा भियतनामकी उपराष्ट्रपतिसमक्ष द्विपक्षीय लगानी तथा व्यापार अभिवृद्धिबारे छलफल
काठमाण्डौ । नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामकी महामहिम उपराष्ट्रपति श्रीमती भो थी आन्ह जुआनसमक्ष काठमाण्डौमा छलफल सम्पन्न गरेको छ ।भियतनामका अनररी कन्सुल एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेश काजी श्रेष्ठको उपस्थितिमा आयोजित छलफलमा चेम्बर अफ कमर्सका अध्यक्ष...

