काठमाण्डौ । नेपालका लागि युगान्डाको अवैतनिक वाणिज्य दूतमा उद्यमी विनय उपाध्याय नियुक्त भएका छन्। उनलाई औपचारिक रूपमा परराष्ट्र मन्त्रालयले बुधबार नियुक्तिपत्र हस्तान्तरण गरेको हो।
उपाध्याय घर जग्गा तथा आवास विकास र पर्यटन क्षेत्रमा क्रियाशील उद्यमी हुन्।व्यापार र अन्तर्राष्ट्रिय साझेदारीमा आफ्नो दूरदर्शी दृष्टिकोणका लागि परिचित उपाध्यायले नेपालको बढ्दो उद्यमशीलता परिदृश्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
परराष्ट्र मन्त्रालयको नियुक्ति पश्चात उनले कृतज्ञता व्यक्त गर्दै युगान्डा र नेपालबीचको सम्बन्धलाई सुदृढ पार्न आफूले हर सम्भव प्रयास गर्ने बताए।
उनले भने ‘म यो विशेष पहललाई पूर्ण प्रतिबद्धताका साथ लिनेछु र भविष्यमा हाम्रा दुई देशहरूबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन काम गर्नेछु ।’