आईतवार, असार २८,२०८३ 10:11:33
Bizshala
  • आईतवार, असार २८,२०८३ 10:11:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल ब्राजिल चेम्बर अफ कमर्सको साधारण सभा सम्पन्न, अध्यक्षमा चापागाईं

Laxmi Sunrise Bank Limited
नेपाल ब्राजिल चेम्बर अफ कमर्सको साधारण सभा सम्पन्न, अध्यक्षमा चापागाईं

काठमाण्डौ । नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यक्रमको प्रमुख अतिथि नेपालका लागि ब्राजिलका राजदूत कार्लोस डेनहार्टोगले सभाको उद्घाटन गरेका थिए।

सभाले अखिल चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसमा उपाध्यक्षहरुमा विक्रम राई, चेंग अग्रवाल र विनय उपाध्याय रहेका छन् भने महासचिवमा निरज तिमिल्सीना चयन भएका छन्।

त्यस्तै, सचिवमा ज्योत्सना श्रेष्ठ र प्रेम पाण्डे रहेका छन् भने कोषाध्यक्षमा राकेश श्रेष्ठ, र्कायसमिति सदस्यहरुमा क्रमशःगोकर्ण लामिछाने, शेर बहादूर केसी, विजय चौधरी, शुसिल कडरिया, निर्मल राज पौडेल, लव राम दाहाल र फडिन्द्र राज गिरी रहेको चेम्बरले जनाएको छ।  

New Office
CG Motors
Garima Development Bank

अध्यक्षको पदभार ग्रहण गर्दै चापागाईंले नेपाल–ब्राजिलबीच आपसी व्यापार, लगानी, प्राविधिक सहयोग र सांस्कृतिक सम्बन्धलाई अझै प्रभावकारी बनाउन प्रतिबद्ध रहेको जनाए।  

‘हामीले अब ब्राजिलसँग द्विपक्षीय व्यापारलाई नयाँ चरणमा लैजानुपर्छ। नेपाली हस्तकला, चिया, कपडा, पर्यटन र ब्राजिलको कच्चा पदार्थ, कृषि प्रविधि तथा शैक्षिक आदान–प्रदान दुवै पक्षका लागि फाइदाजनक बन्न सक्छन्,’ अध्यक्ष चापागाईंले भने।

कार्यक्रममा बोल्दै राजदूत हार्टोगले आफ्नो चारवर्षे कार्यकाल नेपालका लागि एउटा अविस्मरणीय क्षणको रुपमा रहको उल्लेख गर्दै आफू जहाँ रहेपनि नेपाल र ब्राजिलबीचको आर्थिक एवं कुटनीतिक सम्बन्धलाई बलियो बनाउन सधै लागि पर्ने बताए।

सभामा प्रस्तुत प्रतिवेदनअनुसार, नेपालले ब्राजिलसँगको व्यापार विस्तारका लागि कृषि उत्पादन, हस्तकला, रेडिमेड गार्मेन्ट, पर्यटन सेवा निर्यात गर्नसक्ने सम्भावना रहेको बताइएको छ। त्यस्तै, ब्राजिलबाट नेपालले कच्चा पदार्थ, औद्योगिक उपकरण, प्रविधि, वाइन तथा खाद्य सामग्री आयात गरेर नेपाली उद्योगलाई प्रतिस्पर्धात्मक बनाउनसक्ने चेम्बरले उल्लेख गरेको छ।

कार्यक्रममा व्यवसायी, उद्योगपति, वाणिज्य दूतावासका पदाधिकारी, कूटनीतिज्ञ, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा चेम्बरका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.