आईतवार, असार २८,२०८३ 08:40:11
Bizshala
  • आईतवार, असार २८,२०८३ 08:40:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आफूले भनेअनुसार निर्णय नगरेपछि ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

Laxmi Sunrise Bank Limited
आफूले भनेअनुसार निर्णय नगरेपछि ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाण्डौ । जेनजी प्रदर्शनका क्रममा देशभर भएका हिंसात्मक घटनामा ठूलो मानवीय क्षति भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन्।

गत बिहीबारदेखि बन्द गरिएका सामाजिक सञ्जाल तत्काल खुलाउन देउवाले ओलीलाई फोनमार्फत आग्रह गरेका थिए। देउवाले सोमबार बेलुका बन्द रहेका सबै सामाजिक सञ्जाल खोल्ने निर्णय मन्त्रिपरिषद् बैठकमार्फत लिन सुझाव दिएका थिए। तर, त्यसैबैठकले यसबारे कुनै निष्कर्ष निकाल्न सकेन। विशेष गरी प्रधानमन्त्री नै देउवाको सुझावअनुसार निर्णय लिन तयार देखिएनन् । 

New Office
CG Motors
Garima Development Bank

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देउवाको निर्देशनअनुसार नै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने निर्णय लिनुपर्नेमा जोड दिएका थिए । तर, ओलीले उनको कुरै सुनेनन् ।  

यो घटनापछि कांग्रेस सभापति देउवा बालुवाटारमा मन्त्री पौडेल, परराष्ट्रमन्त्री आरजु राणा र अन्य नेताहरू लिएर ओलीलाई भेट्न पुगेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोमबार साँझ कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक समेत बसेर जेनजी प्रदर्शनमा भएको मानवीय क्षतिको समीक्षा गरेको छ।

देउवाले ओलीलाई टेलिफोन गरी सामाजिक सञ्जाल पुनः सञ्चालनको निर्णय गर्न भने पनि क्याबिनेटबाट त्यस्तो निर्णय नआएपछि कतिपयले एमाले कांग्रेस गठबन्धन सरकारकै भविष्यमाथि पनि प्रश्न उठाउन थालेका छन् । यहीकारण समेत बालुवाटारमा देउवा-ओलीको आजको भेट निकै अर्थपूर्ण रहेको ठानिएको छ ।  

कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला लगायतले ओली नेतृत्वको सरकारबाट बाहिरिनुपर्ने सुझाव पार्टी नेतृत्वलाई दिइसकेका छन् । तल्लो स्तरदेखि केन्द्रीय स्तरसम्मका पार्टी नेता तथा कार्यकर्ताले ओलीलाई साथ दिन नहुने र सरकारबाट बाहिरिएर वैकल्पिक सरकार बनाउनुपर्ने भन्दै नेतृत्वलाई तीव्र दवाब सिर्जना गरिरहेको पृष्ठभूमिमा शीर्ष नेताहरु ब्याक टू ब्याक बैठकमा व्यस्त देखिएका हुन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.