शुक्रबार, मंसिर ७,२०८१ 05:26:49
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 05:26:50
एशियन लाइफको सञ्चालकमा राजभण्डारी नियुक्त
INSURANCE

एशियन लाइफको सञ्चालकमा राजभण्डारी नियुक्त

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शिला राजभण्डारी नियुक्त भएकी छन् । कम्पनीको माघ २४ गते बसेको सञ्चाक समितिको बैठकले राजभण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो ।  उनी सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व हुने गरी सञ्चालकमा नियुक्त भएकी हुुन् ।   

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा
INSURANCE

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

काठमाण्डौ । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।

एशियन लाइफको एजीएम आह्वानः हकप्रद र बोनस पारित हुने, बुक क्लोज पनि तय
STOCK MARKET

एशियन लाइफको एजीएम आह्वानः हकप्रद र बोनस पारित हुने, बुक क्लोज पनि तय

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  माघ २४ गते बसेको एशियन लाइफ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को १६ औं वार्षिक साधारणसभा फागुन १८ गते शुक्रबार बाराको सिमरास्थित होटल क्लासिकमा आह्वान गर्ने निर्णय गरेको हो ।  साधारणसभा बिहान ११ः३० बजेदेखि सुरु हुने कम्पनी सचिवले जनाएका छन् । 

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो एजीएम,सेयरधनीलाई छैन लाभांशको अजेण्डा
INSURANCE

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो एजीएम,सेयरधनीलाई छैन लाभांशको अजेण्डा

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चाल समितिको बैठकले २६ औंं साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी फागुन २० गते काठमाण्डौको लैनचौर ब्यांक्वेटमा आयोजना हुनेछ ।  

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न
INSURANCE

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले काठमाण्डौ उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीच उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

हिमालयन रि इन्स्योरेन्सको मुद्दा आज पनि हेर्दा हेर्दैमा,हार्ने देखिए पछि सारेको आरोप
INSURANCE

हिमालयन रि इन्स्योरेन्सको मुद्दा आज पनि हेर्दा हेर्दैमा,हार्ने देखिए पछि सारेको आरोप

काठमाण्डौं । हिमालयन रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई आज पनि सरेको छ । । यससंगै यो मुद्दा छैठौँ पटक  सेरेको हो । यो मुद्दाको पेशी अब फागनु ९ गते पेशी तोकिएको छ ।  आज उच्च अदालत पाटनमा न्यायाधीश रमेश ढकाल र विदुर कोइरालाको इजलाशमा यस मुद्दाको पेशी तोकिएको थियो । कानुन विपरित प्रिमियममा आईपीओ...

लगानीका लागि म्युचुअल फण्डहरुको रोजाईमा ११ बीमा कम्पनी, कुनमा कति छ लगानी ?
STOCK MARKET

लगानीका लागि म्युचुअल फण्डहरुको रोजाईमा ११ बीमा कम्पनी, कुनमा कति छ लगानी ?

काठमाण्डौ । म्युचुअल फण्डहरुले नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सर्वाधिक बैंक तथा बीमा कम्पनीहरुमा लगानी गरेका छन् । बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको सेयरमा लगानी गर्दा जोखिम कम हुने मर्चेण्ट बैंकरहरुको भनाई छ ।  नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्म नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या कुल २७१ पुगेको छ । जसमध्ये १३४ वटा बैंक तथा वित्तीय...

प्रिमियममा आईपीओ जारी गरेका चार बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, हिमालयन रिको उच्च कारोबार
STOCK MARKET

प्रिमियममा आईपीओ जारी गरेका चार बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, हिमालयन रिको उच्च कारोबार

काठमाण्डौ । साताको चौथो कारोबारको दिन आज सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.९२ अंकले बढेर २ हजार ०९० बिन्दु कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१३ कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

राष्ट्रिय बीमा कम्पनीमा सीईओ नियुक्तिको प्रक्रिया अघि बढ्यो
INSURANCE

राष्ट्रिय बीमा कम्पनीमा सीईओ नियुक्तिको प्रक्रिया अघि बढ्यो

काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आज एक सूचना जारी गरेर नयाँ सीईओको लागि आवेदन खुलाएको छ ।  

हरेक क्षेत्रका राष्ट्रिय नीतिमा बीमा समावेश गर्नुपर्छः अध्यक्ष सिलवाल
INSURANCE

हरेक क्षेत्रका राष्ट्रिय नीतिमा बीमा समावेश गर्नुपर्छः अध्यक्ष सिलवाल

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझै व्यवस्थित गर्नका लागि सम्बद्ध सरकारी निकायहरूसँग समन्वयात्मक रूपले अगाडि बढ्ने सन्दर्भमा राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । 

हिमालयन रिले गैरकानूनी ढंगले प्रिमियम उठाएको मुद्दाको सुनुवाई आज बेलुका ६ बजेसम्म हुने
STOCK MARKET

हिमालयन रिले गैरकानूनी ढंगले प्रिमियम उठाएको मुद्दाको सुनुवाई आज बेलुका ६ बजेसम्म हुने

काठमाण्डौं । हिमालयन रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई आज बेलुका ६ बजेसम्म हुने भएको छ ।  हिमालयन रि इन्स्योरेन्सको पेसी आज ७ औं नम्बरमा परेको छ । उच्च अदालन पाटन स्थित स्रोतले दिएको जानकारी अनुसार यो मुद्दाको सुनुवाई बेलुका ६ बजे सम्म परिणाम आउने छ । अहिले ५ नम्बरको सुनाइ चलिरहेको स्रोतले जनाएको छ ।  

नेपाल लाइफ इन्स्योरेन्सको नाफा रु.४२.७७ करोड,बीमाशुल्क आर्जन पनि ७.१३% ले बढ्यो
STOCK MARKET

नेपाल लाइफ इन्स्योरेन्सको नाफा रु.४२.७७ करोड,बीमाशुल्क आर्जन पनि ७.१३% ले बढ्यो

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्ममा १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ७.१३ प्रतिशतले धेरै हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।    

जन्मदिनको अवसरमा ग्रीन डेभलपमेन्ट बैंकका सीईओ बुढाथोकीले खरिद गरे बीमा पोलिसी
INSURANCE

जन्मदिनको अवसरमा ग्रीन डेभलपमेन्ट बैंकका सीईओ बुढाथोकीले खरिद गरे बीमा पोलिसी

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले बीमा पोलिसी खरिद गरी जन्मदिन मनाएका छन् । सीईओ बुढाथोकीले जन्मदिनको अवसरमा हिमालयन लाइफ इन्स्योरेन्सबाट बीमा पोलिसी खरिद गरेका हुन् ।  

प्रिमियममा आईपीओ जारी गरेका ४ बीमा कम्पनी : कुन सूचकमा कुन अब्बल ?
STOCK MARKET

प्रिमियममा आईपीओ जारी गरेका ४ बीमा कम्पनी : कुन सूचकमा कुन अब्बल ?

काठमाण्डौ । प्रिमियममा आईपीओ ल्याएका चार जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । आइएमई लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।  धितोपत्र दोस्रो बजारमा यी चार जीवन बीमा कम्पनीको स्टक निकै चर्चामा छन् । प्रिमियम मूल्यमा आईपीओ जारी गरेका...

‘हिमालयन रि’ले उठाएको प्रिमियम फिर्ताको आदेश आउनसक्ने, भोलि हुँदैछ अन्तिम सुनुवाईं
STOCK MARKET

‘हिमालयन रि’ले उठाएको प्रिमियम फिर्ताको आदेश आउनसक्ने, भोलि हुँदैछ अन्तिम सुनुवाईं

काठमाण्डौ । दोस्रो बजारको बहुचर्चित स्क्रिप्ट हिमालय रि इन्स्योरेन्सले आईपीओ जारी गर्दा गैरकानूनी ढंगले प्रिमियम उठाएको विषयमा अदालतमा परेको मुद्दाको सुनुवाई भोलि(बुधबार) पुनः हुँदैछ ।  यो कम्पनीविरुद्ध २०८० साल मंसिर ८ गते रिट दायर भएको थियो । त्यसपछि चारपटकसम्म उच्च अदालत पाटनमा यसको विषयमा बहस भए पनि मुद्दाको अन्तिम टुङ्गो लाग्न बाँकी छ ।  यसअघि पहिलोपटक छलफलका...

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि सहित ३ को सर्वाधिक कारोबार
STOCK MARKET

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि सहित ३ को सर्वाधिक कारोबार

काठमाण्डौ । सेयरबजारमा आज सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.४४ अंकले बढेर २ हजार ०८५ बिन्दु कायम भएको छ ।  नेप्से इन्डेक्स बढेपनि आज कारोबार रकम भने घटेको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  

हिमालयन लाइफका नवनियुक्त अध्यक्ष शुलभ अग्रवालद्वारा सपथ ग्रहण
INSURANCE

हिमालयन लाइफका नवनियुक्त अध्यक्ष शुलभ अग्रवालद्वारा सपथ ग्रहण

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष शुलभ अग्रवालले सपथ लिएका छन् । अग्रवालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष माघ २२ गते सपथ लिएका हुन् ।  

रिलायबल नेपाल लाइफको नाफामा सामान्य वृद्धि,बीमाशुल्क आर्जन ८.१७% ले बढ्यो
INSURANCE

रिलायबल नेपाल लाइफको नाफामा सामान्य वृद्धि,बीमाशुल्क आर्जन ८.१७% ले बढ्यो

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा ४.९७ प्रतिशतको सामान्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ ।  

नेशनल लाइफको खुद बीमाशुल्क आर्जन ८.५६ अर्ब, नाफा १६.९१% ले वृद्धि
INSURANCE

नेशनल लाइफको खुद बीमाशुल्क आर्जन ८.५६ अर्ब, नाफा १६.९१% ले वृद्धि

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१  को दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११.४६ प्रतिशतले धेरै हो। गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

बीमा कम्पनीहरुले लाभांश दिन किन गर्दैछन् कन्जुस्याई ? नेपाल लाइफसहित ६ कम्पनीले बनाए सेयरधनीलाई हिस्स
STOCK MARKET

बीमा कम्पनीहरुले लाभांश दिन किन गर्दैछन् कन्जुस्याई ? नेपाल लाइफसहित ६ कम्पनीले बनाए सेयरधनीलाई हिस्स

काठमाण्डौ । बीमा कम्पनीहरुको लाभांश घोषणा सिजन सुरु भइसकेको छ । हालसम्म १४ बीमा कम्पनीले लाभांश सम्बन्धी निर्णय गरिसकेका छन् ।  जसमध्ये ६ बीमा कम्पनीले सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्सहित ६ बीमा कम्पनीले मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेका छन् ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.