नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार ५.२७ अर्ब बढी
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.८८ प्रतिशत अर्थात २२.५९ अंकले बढेर २ हजार ५८२.१८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०८ प्रतिशतले बढेर ४५१.३१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको १ करोड १८ लाख ३० हजार ७७ कित्ता सेयर ५ अर्ब...

