रुरु जलविद्युतको नाफामा सामान्य गिरावट, ईपीएस १३.२५ रुपैयाँ
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११.६५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ७ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

