निफ्राद्वारा साधारण सभा आह्वान, समेटिएन लाभांशको प्रस्ताव
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले साधारण सभा डाकेको छ । बैंकको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले सातौं साधारण सभा डाकेको हो । उक्त सभा यही मंसिर २३ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

