आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन २४ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।