सुनको मूल्य आज पनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला २३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।