अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.४९ रुपैयाँ र बिक्रीदर १३६.०९ रुपैयाँ कायम भएको छ ।यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत मंसिर २८ गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.४८ बिक्रीदर १३६.०८ रुपैयाँ कायम थियो ।

