बजारमा पैसा धेरै भएपछि आज पनि ५० अर्ब झिक्दै राष्ट्र बैंक
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ७ दिनका लागि ५० अर्ब रकम झिक्न लागेको हो । निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न नसक्दा पछिल्लो समय राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्ने क्रम बढाएको छ ।