यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०२ रुपैयाँ र बिक्रीदर १३४.६२ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४८.५६ रुपैयाँ र बिक्रीदर १४९.२३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.९१ रुपैयाँ र बिक्रीदर १७६.७० रुपैयाँ कायम भएको छ ।