यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.६२ रुपैयाँ र बिक्रीदर १३९.२२ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १४५.०७ रुपैयाँ र बिक्रीदर १४५.७० रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७४.४० रुपैयाँ र बिक्रीदर १७५.१५ रुपैयाँ कायम भएको छ ।

