सुदूरपश्चिम प्रदेशमा औद्योगिक कर्जा सबैभन्दा बढी कैलाली कम बाजुरामा
काठमाण्डौ। सुदूरपश्चिम प्रदेशमा २५ अर्ब २२ करोड ९४ लाख रुपैयाँ औद्योगिक शिर्षकमा कर्जा प्रवाह भएको छ। २०८० पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८० असार मसान्तसम्मको तुलनामा ६ दशमलव १८ प्रतिशतले घटेर २५ अर्ब २२ करोड ९४ लाखमा सिमित बन्न पुगेको हो।

