साउनमा सुस्तायो घरजग्गा कारोबार, ३.२८ अर्ब राजश्व संकलन
काठमाण्डौ , चालु आवको पहिलो महिनामा घरजग्गा कारोबार सुस्ताएको छ । साउन महिनामा देशभरका १३५ मालपोत कार्यालयबाट १ लाख ४ हजार २ सय १८ वटा घरजग्गा कारोबार भएको छ । यी कारोबारबाट सरकारले कुल ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ राजश्व संकलन गरेको छ ।

