१८ जनाको मृत्युपछि बोल्यो मानवाधिकार आयोग, ‘बानेश्वर घटनामा सरकारबाट अत्यधिक बल प्रयोग भयो’
काठमाण्डौ । प्रहरीको अन्धाधुन्ध गोली प्रहारबाट १८ जना जेनजी आन्दोलनकारीको मृत्यु भएपछि मात्र राष्ट्रिय मानवअधिकार आयोग बोलेको छ । अरुबेला यस्ता प्रदर्शनअघि वा समयमै सरकार वा सम्बन्धित निकायलाई खबरदारी गर्ने आयोग १८ जना जेनजीको मृत्यु भएको र २ सय बढी घाइते भएका खबरहरु सार्वजनिक भएपछि मात्र बोल्न बाध्य भएको हो ।

