भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने
काठमाण्डौ । राहदानी विभागले आगामी भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ।विभागले शुक्रबार सूचना जारी गर्दै ती दुई दिन राहदानीसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको हो।

