दिल्लीबाट अमेरिकाका लागि उडेको एयर इन्डियाले उडान ३० घन्टा ढिला गरिएकोमा यात्रुहरूको भाडा फिर्ता दिने
नयाँदिल्ली। दिल्लीबाट अमेरिकाको सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको उडानमा ३० घण्टा ढिलाइपछि यात्रुहरूलाई भाडा पूर्ण रूपमा फिर्ता गर्ने एयर इण्डियाले घोषणा गरेको छ। एयर इन्डियाको पत्रमा भनिएको छ, ‘कृपया सान फ्रान्सिस्कोको यात्रामा तपाईलाई पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं। विगत २४ घण्टा कठिन थियो र यस अवधिमा धैर्यताको लागि धन्यवाद।’