कैदीबन्दीलाई सुविधा थपियो : वर्षैपिच्छे नयाँ तन्ना, चाडपर्व खर्च ५ सय
काठमाण्डौ । सरकारले कारागार नियमावली संशोधन गर्दै कैदीबन्दीले पाउने सेवा–सुविधा विस्तार गरेको छ। नयाँ व्यवस्थाअनुसार अब कैदीबन्दीले प्रत्येक वर्ष नयाँ तन्ना र चाडपर्व खर्चबापत ५ सय रुपैयाँ पाउनेछन्।यसअघि दुई वर्षमा एक थान तन्ना उपलब्ध गराइँदै आएको थियो भने चाडपर्व खर्च ३ सय रुपैयाँ थियो। चालु आर्थिक वर्षदेखि कैदीबन्दीलाई स्वास्थ्य बीमामा समेत आबद्ध गरिने भएको...

