काठमाण्डौ उपत्यकाका नदीमा जलसतह बढेकाले सतर्कता अपनाउन आग्रह
काठमाण्डौ । काठमाण्डौ उपत्यकाका नदीमा जलसतहले सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले मोबाइलमा सन्देश पठाएर काठमाण्डौ यस्तो आग्रह गरेको हो । विभागले उपत्यकास्थित बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले सर्तकता अपनाउन आग्रह गरेको छ ।

