सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत निर्यात गर्न सक्ने प्रसारण लाइन विस्तार गरिने
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्नेगरी प्रसारण लाइन सञ्जालको विस्तार गर्ने योजना बनाएको छ । आज आफ्नो दोस्रो कार्यकालको ३ वर्ष पुरा गरेको अवसरमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन् । छिमेकी देश चीनसँगको विद्युत व्यापारका लागि पनि चिलिमे–केरुब...

