हिमालयन लघुवित्तद्वारा बीमा दाबी भुक्तानी
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सुम्नाबेशी शाखा कार्यालयले बीमा दावी रकम भुक्तानी गरेको छ । रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं.७,बृता निवासी सदस्य श्रीमती जमुना श्रेष्ठको मृत्यू पश्चात निज सदस्यको श्रीमान रधुनाथ श्रेष्ठलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।