उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा अनलाइन, सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता हट्यो
काठमाण्डौ । उद्योग विभागले आफ्ना अधिकांश प्रशासनिक तथा नियामक सेवाहरू पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यसहित विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनअनुसार उद्योग प्रशासनलाई डिजिटल प्रविधिमैत्री बनाउने...

