लगातार दुई हारपछि दबाबमा नेपाल, आज नामिबियाविरुद्ध निर्णायक भिडन्त
काठमाण्डौ। खराब प्रदर्शनका कारण लगातार दुई खेलमा पराजय व्यहोरेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ।नेदरल्यान्ड्सको उत्रेख्तमा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। यसअघि लगातार दुई खेलमा कमजोर प्रदर्शन गरेको नेपालका लागि आजको खेल शीर्ष चारमा रहँदै विश्वकप...

