शुक्रबार, जेष्ठ १,२०८३ 03:52:21
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:52:21
कृषि उद्यमको विकासको लागि एग्रो डेभलपमेन्ट फण्डको तयारी
NEWS

कृषि उद्यमको विकासको लागि एग्रो डेभलपमेन्ट फण्डको तयारी

काठमाण्डौ । कृषिमा आधारित उद्योग व्यवसायको विकास र बिस्तारमा सहयोग गर्ने गरि काठमाण्डौमा एग्रो डेभलपमेन्ट फण्डको तयारी शुरु गरिएको छ। कृषि क्षेत्रको विकासबाट मात्र रोजगारी श्रृजना हुन सक्ने, आयात प्रतिस्थापन गर्न सकिने र नेपालीको जीवन स्तर सुधार गर्न सकिने निर्विवाद छ। राज्यले कृषिलाई प्राथमिकतामा राखे तापनि सहि उद्यमीले सहयोग पाउन सकेका छैनन्। बैंकको सावाँ किस्ता र...

कोरियाले गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकासका लागि १.२५ अर्ब दिने
ECONOMY& POLITICS

कोरियाले गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकासका लागि १.२५ अर्ब दिने

काठमाण्डौ । नेपाल सरकार र गणतन्त्र कोरिया सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान, नेपाल अन्तर्गतको गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजीको पूर्वाधार विकास कार्यान्वयनका लागि आज ९ मिलियन अमेरिकी डलर (१.२५ अर्बबराबर) को अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका अर्थसचिव घनश्याम उपाध्याय र नेपाल सरकारका...

चालु आवको पहिलो महिनामै आयो २४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता
ECONOMY& POLITICS

चालु आवको पहिलो महिनामै आयो २४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिनामा २४ अर्ब रुपैयाँ बढीको प्रत्यक्ष वैदेशिक लगानी(एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनमा दर्ता भएका १२७ परियोजनामार्फत २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो ।  यी परियोजनामार्फत ८ हजार २सयभन्दा बढीले रोजगारी पाउने बताइएको छ । साउनमा कृषिका तीन परियोजनामार्फत २० अर्ब ४५ करोड ५०...

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने
ECONOMY& POLITICS

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने

काठमाण्डौ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ । उक्त बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा आज अपराह्न १ बजे बस्दैछ ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

नेपाल–चीन व्यापार सहजीकरणका लागि उत्तरका थप नाका खोल्न निकासी पैठारी संघको माग
NEWS

नेपाल–चीन व्यापार सहजीकरणका लागि उत्तरका थप नाका खोल्न निकासी पैठारी संघको माग

काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले बाढी पहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी वर्षायाममा वर्षेनि बन्द हुने गरेकोले मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्थागर्न माग गरेको छ ।  गत असार २४ गते रातिको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि रसुवागढी...

म जस्तै सक्षम युवा आए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली
ECONOMY& POLITICS

म जस्तै सक्षम युवा आए पद छाड्न तयार छु : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद छोड्न तयार रहेको बताएका छन् । आजदेखि काठमाण्र्डाको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो को समुद्घाटन कार्यक्रममा बोल्दै प्रम ओलीले आफू जस्तै क्यापेबल भएका युवाहरु आए पद छोड्न तयार रहेको बताएका हुन् ।  साथै उक्त कार्यक्रममा बोल्दै प्रम ओलीले नेपाल नयाँ भबिस्यको यात्रातर्फ लम्किएको बताए । शो मा राखिएका...

सरकारलाई  टिफा बैठकमा गरिएका प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न नेपाल-अमेरिका चेम्बरको आग्रह
ECONOMY& POLITICS

सरकारलाई टिफा बैठकमा गरिएका प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न नेपाल-अमेरिका चेम्बरको आग्रह

काठमाण्डौ । अमेरिका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले गत सेप्टेम्बरमा सम्पन्न व्यापार तथा लगानी रूपरेखा सम्झौता परिषद्को बैठकमा गरिएका प्रतिबद्धताहरू तत्काल कार्यान्वयन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ।आज एक विज्ञप्ति जारी गर्दै चेम्बरले मन्त्रालयलाई सो आग्रह गरेको हो।सो बैठकमा व्यापार र लगानी आकर्षित गर्न विशेष गरी बौद्धिक सम्पत्ति(गहन...

रवि लामिछानेलाई रुपन्देहीबाट नक्खु कारागार स्थानान्तरण गर्ने निर्णय
ECONOMY& POLITICS

रवि लामिछानेलाई रुपन्देहीबाट नक्खु कारागार स्थानान्तरण गर्ने निर्णय

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागार स्थानान्तरण गर्ने तयारी भएको छ। लामिछानेले यसअघि नै कारागार सरुवाका लागि नक्खु कारागारको अनुरोध गरेका थिए।कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार शुक्रबार नै सरुवाको निर्णय गरिएको हो। “नक्खु ल्याउनका लागि निर्णय गरेर पठाएका छौं,” शर्माले...

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढायो, डिजेल/मट्टितेल सस्तो
NEWS

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढायो, डिजेल/मट्टितेल सस्तो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गर्दै पेट्रोल महँगो र डिजेल/मट्टितेल सस्तो बनाएको छ। निगमले शुक्रबार राति १२:०१ बजेबाट लागू हुने गरी नयाँ मूल्य लागू गरेको जनाएको छ।इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढेको छ भने डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको निगमले...

नेपालले अमेरिकी बजारमा निर्यात बढाउन १०% शुल्कको उपयोग गर्नुपर्नेमा जोड
ECONOMY& POLITICS

नेपालले अमेरिकी बजारमा निर्यात बढाउन १०% शुल्कको उपयोग गर्नुपर्नेमा जोड

काठमाण्डौ। नेपाल अमेरिका चेम्बर अफ कमर्सका अध्यक्ष किरणप्रकाश शाखले अमेरिकी शुल्क नीतिमा देखिएको हालको अस्थिरताबाट आफूहरु चिन्तित भए पनि यसको लाभ नेपालले लिनसक्ने बताएका छन् । नेपाललाई अमेरिकाले १० प्रतिशत मात्र भन्सार दर निर्धारण गरेकाले यसको लाभ निर्यातबाट लिन सकिने उनको भनाइ छ ।संघको २४ औं वार्षिक साधारणसभालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष शाखले भने,...

अर्थमन्त्री पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
ECONOMY& POLITICS

अर्थमन्त्री पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ ।  

नेपाल–डेन्मार्क सम्बन्ध विस्तारमा छलफल, सीएनआईका प्रतिनिधि र राजदूत तुलाधरबीच भेटवार्ता
NEWS

नेपाल–डेन्मार्क सम्बन्ध विस्तारमा छलफल, सीएनआईका प्रतिनिधि र राजदूत तुलाधरबीच भेटवार्ता

काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक,ग्लोबल बिजिनेस तथा डायस्पोरा समिती (सीएनआई)का सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र डेन्मार्कस्थित नेपाली राजदूत महामहिम सुम्निमा तुलाधरबीच भेटवार्ता भएको छ । भेटमा बिदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि आवश्यक रणनीतिबारे छलफल भएको थियो ।  

नागढुंगाा सुरुङमार्गको उपभोग दस्तुर सार्वजनिक, दुईपाङ्ग्रेलाई प्रवेश निषेध
NEWS

नागढुंगाा सुरुङमार्गको उपभोग दस्तुर सार्वजनिक, दुईपाङ्ग्रेलाई प्रवेश निषेध

काठमाण्डौ । सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उपभोग दस्तुर तयार पारेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तयार पारेको हो ।  जसअनुसार कार÷भ्यानहरु काठमाण्डौमा प्रवेश गर्दा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ तोकेको छ भने मिनिबस, मिनिट्रक र टिपरलाई प्रवेशमा प्रतिपटक प्रवेशमा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ निर्धारण गरी...

गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्वारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा
NEWS

गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्वारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

काठमाण्डौ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयका लागि अस्वीकृत भएको भन्दै देशैभर आन्दोलन कार्यक्रम तय गरेको छ।प्याब्सन केन्द्रीय कार्यालयमा साउन २७ गते बसेको संयुक्त बैठकले स्थानीय, जिल्ला र प्रदेशस्तरीय समितिहरू मार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।प्याब्सनका अनुसार आगामी...

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे र उपकार लघुवित्त आवद्ध
NEWS

नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे र उपकार लघुवित्त आवद्ध

काठमाण्डौ । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड आवद्ध भएका छन् । नेरुडे लघुवित्तमा कार्यरत करिब १ हजार १ सय जना कर्मचारी रहेका छन् भने उपकार लघुवित्तमा एकसय भन्दा बढी कर्मचारी रहेका छन् ।  कोषको यस योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुन सक्ने...

नेपालको आईआरजीडीडी र स्पेनी चेम्बर अफ कमर्सबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने विषयमा छलफल
NEWS

नेपालको आईआरजीडीडी र स्पेनी चेम्बर अफ कमर्सबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने विषयमा छलफल

काठमाण्डौ । नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र स्पेनी चेम्बर अफ कमर्सबीच दुई देशबीच विभिन्न क्षेत्रमा पारस्परिक लाभ प्रवद्र्धन गर्ने विषयमा छलफल भएको छ। आईआरजीडीडीकी अध्यक्ष डा. शर्मिला पराजुली ढकाल मंगलबार विशालनगरस्थित आईआरजीडीडीको कार्यालयमा स्पेनी चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलाडा रियाराइरेनेबीच द्धिपक्षीय छलफल भएको...

नेपालबाट थप २ सय मेगावाट विद्युत खरिद गर्न भारत तयार
ECONOMY& POLITICS

नेपालबाट थप २ सय मेगावाट विद्युत खरिद गर्न भारत तयार

काठमाण्डौ । भारतले नेपालबाट थप २ सय मेगावाट विद्युत खरिद गर्ने भएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई मध्यकालीन सम्झौताअनुसार नेपालबाट थप विद्युत खरिद गर्न स्वीकृति प्रदान गरेको हो ।  यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत आयात गर्न अनुमति दिएको थियो । थप विद्युत आयात गर्न स्वीकृती दिएसँगै अब अब नेपालबाट...

चन्द्रागिरी भालेश्वर मन्दिरमा विशेष भक्तिमय उत्सव तथा महाआरती, साँझ ४ बजेपछि केवलकार टिकट रु.४०० मात्र
TOURISM

चन्द्रागिरी भालेश्वर मन्दिरमा विशेष भक्तिमय उत्सव तथा महाआरती, साँझ ४ बजेपछि केवलकार टिकट रु.४०० मात्र

काठमाण्डौ । भोली साउन २६ गते पर्ने अन्तिम सोमबारको पावन अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुन गइरहेको छ। साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्द्रागिरी हिल्स लिमिटेडले उक्त भक्तिमय उत्सव तथा महाआरती  आयोजना गर्न लागेको हो।कार्यक्रम अन्तर्गत पूरै दिन मन्दिर परिसरमा भक्तिमय...

पर्यावरणीय पर्यटनमा नेपाल ग्लोबल लिडर होः राजदूत पाउलिनिच
TOURISM

पर्यावरणीय पर्यटनमा नेपाल ग्लोबल लिडर होः राजदूत पाउलिनिच

काठमाण्डौ । पेरु गणतन्त्रका राजदूत जाभियर पाउलिनिचले पर्या–पर्यटनमा नेपालले विश्वलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै यसले दक्षिण अमेरिकी मुलुकहरुलाई समेत प्रेरणा मिलेको बताएका छन् ।पेरु गणतन्त्रको २०४ औं स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौस्थित अवैतनिक दूतावासद्वारा आयोजित कार्यक्रममा नेपालसमेत हेर्ने भारतका लागि पेरु गणतन्त्रका राजदूत पाउलिनिचले नेपालले...

घरजग्गा व्यवसायीलाई खुकुलो नीति, हदबन्दी जग्गामा घर वा अपार्टमेन्ट बनाएर बेच्न पाउने
NEWS

घरजग्गा व्यवसायीलाई खुकुलो नीति, हदबन्दी जग्गामा घर वा अपार्टमेन्ट बनाएर बेच्न पाउने

काठमाण्डौ । घरजग्गा व्यवसायीहरुले अब हदबन्दी छुटको जग्गामा पनि घडेरी बनाउन वा त्यस्ता घडेरीमा घर वा आवास इकाई (अपार्टमेन्ट)निर्माण गरेर बिक्री गर्न पाउने भएका छन् ।  भूमि सम्बन्धी ऐनमा संशोधन गरी हदबन्दी छुटको जग्गामा घडेरी तथा आवास इकाइ निर्माण गरेर बिक्री गर्न पाउने प्रावधान राख्ने विषयमा प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सहमत भएको छ ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X