नेपाल प्रहरीमा इन्स्पेक्टरको पदको माग संख्या थप
काठमाण्डौ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग (भर्ना छनौट शाखा) ले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको माग संख्या थप गरेको छ। कार्यालयले २०८२ साल मङ्सिर २६ गते प्रकाशित गरेको विज्ञापनमा पद संख्या थप गर्दै नयाँ कोटा निर्धारण गरेको हो।

