प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भई आज स्वदेश फर्कदै छन् । प्रधानमनत्री ओली आज अपराह्न ४ बजे स्वदेश आई पुग्नेछन् । उनी महासभामा भाग लिन असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई असोज १० गते सम्बोधन गरेका थिए ।

