'नयाँ वर्ष उत्साह लिएर आउँछ, ब्याजदर १ प्रतिशत बिन्दुसम्म घट्नसक्छ'
गणेशराज पोखरेल, सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत हुन् । पहिलो कार्यकालको शानदार सफलतापछि दोश्रो कार्यकालका लागि पनि उनैलाई निरन्तरता दिने बैंक सञ्चालक समितिको निर्णयपछि उनले गत आइतबारदेखि दोश्रो कार्यकालको सुरुवात गरेका छन् । पहिलो कार्यकालमा सिटिजन्स बैंकमा आमूल सुधार गरेका उनले दोश्रो कार्यकालमा पनि बैंकलाई निकै माथि उठाउने योजना बनाएका छन् ।...

