तीन प्रदेशमा भारी वर्षाको चेतावनी, बाढीपहिरोको जोखिम बढ्ने अनुमान
काठमाण्डौ । देशभर मनसुनी वायु सक्रिय रहँदा आज वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले ती क्षेत्रमा बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले...

