विद्युत उत्पादन बन्द हुँदा वरुण हाईड्रोपावर ३.७३ करोड घाटामा,कस्तो छ वित्तीय अवस्था ?
काठमाण्डौ । गत असार २ गतेको बाढीले हेवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द हुँदा वरुण हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । विद्युत बिक्रीबाटको आम्दानी ठप्प हुँदा कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले अघिल्लो आवको सोहि अवधिसम्म भने १ करोड ६५ लाख रुपैयाँ नाफामा थियो ।