कृषि विकास बैंकले गर्यो लाभांश नदिने निर्णय, सेयरधनीको हात यसपाली खाली हुने
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने भएको छ । बैंकको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० का लागि कुनै पनि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।