आईतवार, मंसिर ९,२०८१ 02:45:14
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 02:45:14
नेपाल ल्युब आयलले घोषणा गर्यो लाभांश, एफपीओ पनि जारी गर्ने निर्णय
STOCK MARKET

नेपाल ल्युब आयलले घोषणा गर्यो लाभांश, एफपीओ पनि जारी गर्ने निर्णय

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।   बैठकले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।  यसका साथै बैठकले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्ने समेत निर्णय गरेको छ ।  प्रस्तावित लाभांश...

अधिकांश एशियाली सेयर बजारको पुनरागमन, अमेरिकी बजारमा पनि सुधार
STOCK MARKET

अधिकांश एशियाली सेयर बजारको पुनरागमन, अमेरिकी बजारमा पनि सुधार

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले बढोत्तरीका साथ कारोबारको सुरुवात गरेका छन् ।  आज जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ इन्डेक्स २.७७ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै निक्की ३६ हजार ६०५ विन्दुको उचाईमा पुगेको छ । जापानको अर्को सेयर बजार टोपिक्स पनि १.९१ प्रतिशतले बढेको छ ।  

एनआईसी एशिया बैंकका ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

एनआईसी एशिया बैंकका ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी ४ वटै योजनाको बुक क्लोज भदौ २८ गते हुँदैछ ।यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी ४ वटा फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  

कामना सेवा विकास बैंकको ३५ हजार कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

कामना सेवा विकास बैंकको ३५ हजार कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ३५ हजार ५३४ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०५ रुपैयाँ तोकिएको छ ।  

हिमालयन बैंकको ४.२८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

हिमालयन बैंकको ४.२८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले विभिन्न ५ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख कित्ता बढी संस्थापक सेर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ४ लाख २८ हजार ५४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।  सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा,२५% लाभांश पारित हुने
STOCK MARKET

सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा,२५% लाभांश पारित हुने

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको १८० औं बैठकले १३ औं साधारण सभा डाकेको हो ।  उक्त सभा असोज १८ गते काठमाण्डौको नारायणचौर नक्सालमा रहेको सिद्धार्थ क्यापिटलको कार्यालयमा दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०८०÷ ०८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम...

बोलिङ्गरको लोअर ब्याण्डसँगै हिड्न थालेको बजारको अबको सपोर्ट कति–कतिमा ?
STOCK MARKET

बोलिङ्गरको लोअर ब्याण्डसँगै हिड्न थालेको बजारको अबको सपोर्ट कति–कतिमा ?

काठमाण्डौ । पछिल्लो समय बजार निरन्तर ६ दिन देखि खसेको छ । बजारले पछिल्लो पटकको उच्च विन्दु ३ हजारबाट करिब ४ सय अंक गुमाई सेकेको छ । बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा तीब्र बिक्री दबाब परेको देखिन्छ ।  बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले अपर ब्याण्ड छोडेको बजार हाल तल्लो ब्याण्डसँग–सँगै हिड्न खोजेको देखिन्छ । त्यसै गरि म्याम्डी पनि केही समय पहिले बनेको...

सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले ल्यायो निःशुल्क लगानी व्यवस्थापन सेवा
STOCK MARKET

सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले ल्यायो निःशुल्क लगानी व्यवस्थापन सेवा

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि‘सित्तैमा’ लगानी व्यवस्थापन सेवाउपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ ।  देशैभरिका सबै सरकारी कार्यालयहरुमा सेयर कारोबार गर्ने प्रणाली टिएमएस कार्यालयमा चलाउन नेपाल सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी...

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री  भएको छ भने ४ वटाबाट मात्रै खरिद भएको छ ।  आज नासा सेक्यूरिटिजबाट उच्च कारोबार भएको छ । यो ब्रोकरबाट आज ४३ करोड ३७ लाखको खरिद र ४६ करोड ७० लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट २२ करोड ४२ लाख खरिद र २९ करोड २९ लाखको बिक्री भएको छ ।

उकालो लाग्यो युरोपेली सेयर बजार, लगानीकर्ताको नजर अमेरिकी अर्थतन्त्रमा
STOCK MARKET

उकालो लाग्यो युरोपेली सेयर बजार, लगानीकर्ताको नजर अमेरिकी अर्थतन्त्रमा

काठमाण्डौ । विश्व सेयर बजार छिट्टै प्रकाशित हुने अमेरिकी मुद्रास्फितीको आकँडमा केन्द्रित बन्दा युरोपको बजार भने बढेको छ ।  बुधबार युरोपको सेयर बजार पान–युरोपियन स्टकएक्स६०० इन्डेक्स ०.१३ प्रतिशतले बढेको छ । आज अधिकांश समूहले हरियालीका साथ कारोबारको सुरुवात गरेका छन् । टेक समूह १ं१ प्रतिशत र हेल्गकेयर ०.५ प्रतिशतले बढेका छन् ।  

कारोबारको अन्तिम समयमा किन घटिरहेको छ सेयर बजार ? लगानीकर्ताले पोख्न थाले आक्रोश
STOCK MARKET

कारोबारको अन्तिम समयमा किन घटिरहेको छ सेयर बजार ? लगानीकर्ताले पोख्न थाले आक्रोश

काठमाण्डौ । पछिल्लो समय ३ हजारको विन्दुबाट खसेको सेयर बजार आज २६१० विन्दुमा बन्द भएको छ । यो बीचमा एक दिन ठूलो अंकले बढेको बजार प्रायः दिनभर बढेर अन्तिम समयमा घट्ने गरेको छ । पछिल्लो समय अन्तिम घण्टामा बजार सम्हालिन नसकेपनि कारोबार भने बढेको देखिन्छ । बजार ३ हजार विन्दुमा पुग्दा ३० अर्बबराबरको उच्च कारोबारबाट अहिले घटेर ६/७  अर्बमा खुम्चिएको छ ।    आखिर किन यसरी अन्तिम...

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल
STOCK MARKET

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह...

६ कारोबारमा २२० अंकले घट्यो नेप्से, जानकार भन्छन् ‘नकारात्मक अफवाहको परिणाम’
STOCK MARKET

६ कारोबारमा २२० अंकले घट्यो नेप्से, जानकार भन्छन् ‘नकारात्मक अफवाहको परिणाम’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८६ प्रतिशत अर्थात २२.७३ अंकले घटेर २ हजार ६१०.२१ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९२ प्रतिशतले घटेर ४६३.०७ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ५४ लाख २८ हजार ७२४...

सानिमा लार्ज क्याप फण्डको प्रतिफल स्थगन
STOCK MARKET

सानिमा लार्ज क्याप फण्डको प्रतिफल स्थगन

काठमाण्डौ सानिमा लार्ज क्याप फण्डको प्रतिफल वितरण स्थगन गरिएको छ । सानिमा बैंक लिमिटेड कोष प्रवर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डको १० प्रतिशत प्रतिफल वितरण स्थगन गरिएको हो ।  नेपाल धितोपत्र बोर्डले भदौ २५ गते लाभांश स्थगन गर्न निर्देशन दिए बमोजिम हाल उक्त योजनाको प्रतिफल...

सरकारी कार्यालयमा बसेर सेयर कारोबार गर्नु अमान्य, अब सरकारी काम मात्रः प्रधानमन्त्री
STOCK MARKET

सरकारी कार्यालयमा बसेर सेयर कारोबार गर्नु अमान्य, अब सरकारी काम मात्रः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा बसेर सेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले अमान्य भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो आधिकारीक फेसबुकमार्फत यस्तो धारणा राखेका हुन् ।  उनले कर्मचारीले सेयर कारोबार गर्दा सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आएकाले सोही जनगुनासोलाई सम्बोधन गर्दै...

आशा लघुवित्तको सञ्चालक परिवर्तन
STOCK MARKET

आशा लघुवित्तको सञ्चालक परिवर्तन

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक परिवर्तत गरिएको छ । संस्थाको सञ्चालक समितिमा संस्थापक समूह अन्तर्गत प्रतिनिधित्व गर्दै आएका सञ्चालक परिवर्तन गरिएको हो ।  समितिमा प्रतिनिधित्व गर्दै आएका विमल डंगोलको स्थानमा पवन रेग्मि नियुक्त भएका छन् । 

नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा
STOCK MARKET

नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा

काठमाण्डौ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ ।  नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा गरिएको हो ।  

सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन, प्रतिइकाई कति ?
STOCK MARKET

सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन, प्रतिइकाई कति ?

काठमाण्डौ । सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको छ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डका इकाईधनीहरुलाई घोषणा गरिएको १५ प्रतिशत नगद लाभांशका इकाईमूल्य समायोजन भएको हो ।   

आरविवि मर्चेन्ट बैंकिङले डाक्यो साधारण सभा, १८% लाभांश पारित गरिने
STOCK MARKET

आरविवि मर्चेन्ट बैंकिङले डाक्यो साधारण सभा, १८% लाभांश पारित गरिने

काठमाण्डौ । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले साधारण सभा डाकेको छ । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा डाकेको हो ।  कम्पनीको उक्त सभा आगामी असोज १८ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा  दिउँसो २ बजेदेखि सुरु हुनेछ ।  

हिमालय उर्जाको हकप्रद सेयर बाँडफाँड, १४.४६ लाख कित्ता अवितरित
STOCK MARKET

हिमालय उर्जाको हकप्रद सेयर बाँडफाँड, १४.४६ लाख कित्ता अवितरित

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड भदौ २५ गते गरेको हो ।  उक्त बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक नाबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा भएको हो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.