आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ११ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । आज उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, भिजन सेक्यु्रिटिज, त्रिशक्ति सेक्यु्रिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।