सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचक घटेका छन् । बीमा समूहका दुइवटै उपसूचक घटेको छ । जीवन बीमा समूह २.४९ प्रतिशत र...